देउडा गीत एक गिलास दूध चुचाइदे

हिमाल प्रेस १८ फागुन २०८० १३:४०
98
SHARES
देउडा गीत एक गिलास दूध चुचाइदे

काठमाडौँ– देउडा गीत एक गिलास दूध चुचाइदे बोलको गीत सार्वजनिक भएको छ। मीन प्रकाश ओलीको शब्द र संगीत रहेको गीतमा मीन प्रकाश ओली र पुष्पा बोहराको स्वर छ। जीवन बडुले गीतको मिक्सिङ तथा मास्टरिङ र संगीत संयोजन गरेका छन्।

गीतको भिडियोमा दैनिक मादक पदार्थ सेवनले घरपरिवारमा निम्तिएको कलह र त्यसको असरलाई कलात्मक ढंगले प्रस्तुत गरिएकाे छ। भिडियोमा अर्जुन तिरुवा, पुजा सोनी र बाबुराम सुनारले अभिनय गरेका छन्। गीत मिडियाकर्मी विष्णु ठकुरीको छायांकन, निर्देशन र सम्पादनमा बनेको छ।

सुजन बाबु गुरुङले नृत्य निर्देशन गरेको गीतको गितारमा रिजन बडु, बाँसुरीमा रत्न फ्लुते छन्। भिडियो खप्टड डिजिटल म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

यस्तो छ गीत देउडा गीत

प्रकाशित: १८ फागुन २०८० १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 5 =