सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार जीवनविरुद्ध मुद्दा दायर

हिमाल प्रेस २ चैत २०८० १९:४३ | Friday, March 15, 2024
सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार जीवनविरुद्ध मुद्दा दायर

काठमाडौँ- पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका तत्कालीन सल्लाहकार जीवनकुमार गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयको अनुसन्धान प्रतिवेदनका आधारमा शुक्रबार काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर भएको हो। उनी पुनका तत्कालीन वैदेशिक मामिला विज्ञ थिए। गुरुङ डिल्लीबजारस्थित प्लाटिनम कलेजका सञ्चालक पनि हुन्।

गुरुङविरुद्ध एक अर्ब ४० करोड रुपैयाँबराबरको बिगो कायम गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ। गत मंसिर २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित बारपाक, गोरखाका चन्द्र घले पक्राउ परेका थिए। त्यसमा अनुसन्धान हुँदै जाँदा उक्त गिरोहले १३८ किलो सुन अवैध तरिकाले ओसारेको पत्ता लागेको थियो। घले संलग्न गिरोहमै उपराष्ट्रपति पुनका तत्कालीन सल्लाहकार गुरुङको संलग्नता खुलेपछि मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले उनलाई फरारको सूचीमा राख्दै आएको थियो। उच्च ओहोदाका व्यक्तिको पहुँमा भएका गुरुङलाई अनुसन्धानको दायरामा पनि ल्याइएको थिइएन। विमानस्थल भन्सार कार्यालयको ताकेतापछि फागुन १४ गते मात्रै उनी पक्राउ परेका थिए।

प्रकाशित: २ चैत २०८० १९:४३ | Friday, March 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast