‘महाजात्रा’ पहिलो दिनमै कमायो एक करोड २३ लाख

हिमाल प्रेस १० चैत २०८० ९:०९ | Saturday, March 23, 2024
‘महाजात्रा’ पहिलो दिनमै कमायो एक करोड २३ लाख

काठमाडौँ- प्रदीप भट्टराईले निर्देशन गरेको फिल्म ‘महाजात्रा’ शुक्रबारदेखि देशभर हलमा लाग्यो। शुक्रबार रिलिज फिल्म नभएकाले महाजात्राले सोलो प्रदर्शन पायो।

फिल्मले देशभर उच्च शो पायो।
फिल्मले शुक्रबार मात्रै ३४२ भन्दा बढी शो पाएको निर्माताहरूको दाबी छ।

देशभर फिल्मले एक करोड २३ लाख कमाएको फिल्म निर्माण स्रोतले बताएको छ। काठमाडौँ उपत्यकाभित्र मात्रै फिल्मले करिब ७० लाख कलेक्सन गरेको थियो।

‘महाजात्रा’ नेपाली बसोबास गर्ने विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा ‘महाजात्रा’ रिलिज भएको छ।

महाजात्रा यसअघि बनेका फिल्म ‘जात्रा’ र ‘जात्रैजात्रा’को सिक्वेयल हो। प्रदीप भट्टराईले बनेका यसअघिका सबै फिल्म राम्रो कमाइ गरेका छन्। जात्रा, जात्रैजात्रा, शत्रुगते र महापुरुष हुन्। यी सबैले नेपाली रजतपटमा उल्लेखीय कमाइ गरे। भट्टराईले निर्देशन गरेको यो पाँचौ फिल्म हो।

प्रकाशित: १० चैत २०८० ९:०९ | Saturday, March 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast