काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईशनाथ नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
आयोगले प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ताविरुद्ध दुई लाख ३५ हजार आठ सय ९५, तत्कालीन इन्जिनियर सत्यपाल सौरभ विरुद्ध ८६ हजार छ सय ४७ र आधारभूत विद्यालय लक्ष्मीनियाका प्रधानाध्यापक मुहमद समिमविरुद्ध तीन लाख तीन हजार सात सय ९७ बराबरको बिगो दाबी गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
ईशनाथ–५ स्थित आधारभूत विद्यालय लक्ष्मीनिया जटहरामा दुई कोठे पक्की भवन निर्माण गर्दा मापदण्ड, गुणस्तर र इस्टिमेट विपरीत कार्य गरी भ्रष्टाचार गरेको आयोगको आरोपपत्रमा उल्लेख छ।
प्रकाशित: ५ चैत २०८० १५:२९ | Monday, March 18, 2024
प्रतिक्रिया




