दिनेशले सकाए ‘पुजार सार्की’को छायांकन

हिमाल प्रेस ७ चैत २०८० १२:४९ | Wednesday, March 20, 2024
दिनेशले सकाए ‘पुजार सार्की’को छायांकन

काठमाडौँ- दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’को छायांकन सकिएको छ। फेसबुकमार्फत दुई तस्बिर पोस्ट गर्दै राउतले ४८ औँ दिनमा फिल्मको छायांकन सकिएको जानकारी दिएका हुन्।

निर्देशक राउतले अन्तिम दिन ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतके छायांकन गरेका छन्। साथै उनले स्टाटरमार्फत नै छायांकनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने कास्कीकोटबासीलगायत ‘पुजार सार्की’को पूरै टिमप्रति आभारसमेत व्यक्त गरेका छन्।

फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको छैन्। जातीय विभेद विरुद्धको सामाजिक विषयमा आधारित फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बुको मुख्य भूमिकामा देखिनेछन्। अन्य कलाकार मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुलीलगायतको अभिनय छ।

फिल्म विकास सुवेदीले लेखेका हुन्। संगीतकार सुभाष भुसालले फिल्मका निर्माता हुन्। सुप्रिम पराजुलीको सम्पादन, उत्तम न्यौपानेको साउण्ड डिजाइन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेकाे फिल्म किङ्गडम नेटवर्कको ब्यानरमा बन्नेछ।

प्रकाशित: ७ चैत २०८० १२:४९ | Wednesday, March 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast