केन्द्रले गर्‍यो संस्था र विद्यालयलाई यस्तो आह्वान

हिमाल प्रेस १६ फागुन २०८० १३:२०
7.7k
SHARES
केन्द्रले गर्‍यो संस्था र विद्यालयलाई यस्तो आह्वान

काठमाडौँ– शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अपाङ्‌गता क्षेत्रमा काम गर्ने सेवामूलक संस्था र सामुदायिक विद्यालयको साझेदारीमा कक्षा सञ्चालन अनुदान (तीव्र अवस्थामा रहेका अपाङ्‌गता जस्तै अटिजम, श्रवणदृष्टिविहीनता र बहुअपाङ्‌गता भएका बालबालिकाका लागि) कार्यक्रममा सहभागी हुन इच्छुक संस्था र सामुदायिक विद्यालय साझेदारी प्रस्ताव आह्वान गरेकाे छ।

केन्द्रद्वारा आ.व.२०८०/८१ का लागि वार्षिक कार्यक्रममा अपाङ्‌गता क्षेत्रमा काम गर्ने सेवामूलक संस्था र सामुदायिक विद्यालयको साझेदारीमा कक्षा सञ्चालन अनुदान कार्यक्रम रहेकोले योग्यता पुगेका संस्था र सामुदायिक विद्यालयबाट साझेदारीमा कक्षा सञ्चालनका लागि कागजात समावेश गर्न सकिने केन्द्रले जनाएकाे छ। कागजात सूचना प्रकाशित भएकाे १५ दिनभित्र  सानोठिमी, भक्तपुरमा पेस गर्न सकिने केन्द्रकाे भनाइ छ।

सामुदायिक विद्यालय र संस्थाबीच कक्षा सञ्चालनका लागि समझदारी/सम्झौता भएको हुनुपर्ने, विद्यालयसँग साझेदारी गर्ने संस्था नियमानुसार दर्ता भएको र नवीकरण भएको हुनुपर्ने र प्रस्तावमा संस्थाबाट विद्यालयमा हुने सहयोगको विषय क्षेत्र, लाभान्वित हुने विद्यार्थी सङ्ख्या सहितको सहयोगको ढाँचा स्पष्ट उल्लेख भएको हुनुपर्ने केन्द्रले  बताएकाे छ।

विस्तृत विवरण, प्रस्तावको ढाँचा र संलग्न गर्नुपर्ने कागजाहरू केन्द्रको वेबसाइट www.cehrd.gov.np मा हेर्न र इच्छुक विद्यालयले समावेशी शिक्षा शाखाको इमेल  [email protected] मार्फत पनि आवेदन पेस गर्न सकिने केन्द्रले जनाएके छ।

 

प्रकाशित: १६ फागुन २०८० १३:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =