कोशीमा खुल्यो वनरक्षकमा आवेदन

हिमाल प्रेस १४ फागुन २०८० ६:५५
38
SHARES
कोशीमा खुल्यो वनरक्षकमा आवेदन

काठमाडौँ- कोशी प्रदेश लोक सेवा आयोग प्रदेश निजामती सेवाअन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा अन्तरगतको जनरल फरेष्ट्री समूहको आधारभूत तहमा वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरेको छ ।

प्रदेश निजामती सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा तहका पदहरूमा (खुला तथा समावेशी) प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आव्हान गरिएको हो ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.pl.gov.np  मार्फत आवेदन दिनुपर्नेछ । सेवाका शर्त र तलब तथा अन्य सुविधा प्रचलित कानून बमोजिम हुनेछ ।

परीक्षामा शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ता लिइनेछ । शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा तथा लिखित परीक्षाको परीक्षा केन्द्र आयोगले पछि सूचना प्रकाशन गरे बमोजिम हुनेछ।

प्रकाशित: १४ फागुन २०८० ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =