चारजनालाई ‘नइ पुरस्कार’

हिमाल प्रेस ११ फागुन २०८० १०:३८
24
SHARES
चारजनालाई ‘नइ पुरस्कार’

काठमाडौँ- नइ प्रकाशनले चारजना प्रतिभाशाली महानुभावहरूलाई २०७९ सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ। नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा शुक्रबार बसेको नइ प्रकाशनको बैठकले उक्त निर्णय गरेको हो।

जनचेतनाको संवर्धनका लागि नेपाली भाषाका माध्यमबाट अभिनय, नाटक, सिर्जना र हास्यव्यंंग्का क्षेत्रमा विशिष्ट योगदान दिएबापत शैलेन्द्र सिम्खडालाई साठी हजार रुपैयाँ राशिको ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ समर्पण गर्ने निर्णय भएको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जनाएका छन्।

त्यसैगरी राजधानीबाहिर बसेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि योगदान पु¥याएबापत झापाका रीमा पाण्डे ‘मिनी’लाई पचास हजार रुपैयाँ राशिको ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गरिने भएको छ।

प्राध्यापन, अनुसन्धान तथा सिर्जनाद्वारा नेपाली भाषासाहित्यको विकासमा प्रशंसनीय कार्य गरेबापत डा. साधना प्रतीक्षालाई पचास हजार रुपैयाँ राशिको ‘नइ देरुनीख गौरव पुरस्कार’ समर्पण गर्न लागिएको छ।
समाजसेवाका फाँटमा समर्पित एवम् साहित्य, कला र संस्कृतिको संवर्धन हेतु क्रियाशील मिस नेवा नितु डैगाललाई २५ हजार रुपैयाँ राशिको ‘नइ देरुनीख पौैरख पुरस्कार’ समर्पण गरिने भएको छ।

नौजनालाई ‘नइ पुरस्कार’

प्रकाशित: ११ फागुन २०८० १०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − twelve =