चलचित्र पत्रकारको राष्ट्रिय भेला हेटौंडामा सुरु

हिमाल प्रेस ६ फागुन २०८० १७:२५
12
SHARES
चलचित्र पत्रकारको राष्ट्रिय भेला हेटौंडामा सुरु

हेटौंडा- चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको नेपालको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला हेटौंडामा सुरु भएको छ। संस्था स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा चलचित्र पत्रकार संघले फागुन ५ देखि ८ गतेसम्म राष्ट्रिय भेला आयोजना गरेको हो।

स्थानीय ठाउँहरूलाई नेपाली फिल्ममार्फत पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले आयोजना भएको राष्ट्रिय भेलामा अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी विशेष अथितिको रूपमा उपस्थित थिए। उपमहानगरपालिकाकी मेयर मीना लामा प्रमुख अतिथिको रूपमा थिइन्।

कार्यक्रममा बोल्दै अध्यक्ष भुवन केसीले चलचित्र कानुनमा ढिलाइ हुँदा चलचित्र क्षेत्रको अपेक्षित विकास हुन नसकेको बताए। उनले अब छिट्टै कानून ल्याउने तयारी भएको पनि जानकारी दिए। ‘चलचित्र सम्बन्धि कानून ल्याउने अन्तिम तयारी भइसकेको छ भने मस्यौदा मन्त्रालयमा पेश भइसकेको छ’ केसीले भने।

भेलाको तेस्रो दिन अर्थात् फागुन ७ मा सिनेमा पर्यटन, सिनेमा बजार, मिडिया प्रमोशन र कर्पोरेट लगानी, फिल्म सेन्सर, नेपाली सिनेमाको अबको बाटो, केन्द्रीय चलचित्र ऐन र सेन्सर कार्यविधि बिषयहरूमा संवाद र अन्तरक्रिया कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ।

त्यस्तै कार्यक्रममा चलचित्र पत्रकारिता कार्यशाला पनि संचालन हुनेछ। जसमा अरुण बराल र चिरन्जिबी पौडेलले पत्रकारहरू लाई प्रशिक्षण दिनेछन्।

कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी, सेन्सर बोर्डका अध्यक्ष तथा सह सचिव नेत्र प्रसाद सुवेदी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान वल, बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती सापकोटा, पर्यटन बोर्डका प्रबन्धक सुर्य थपालिया, संचार मन्त्रालयका प्रतिनिधि, पर्यटन मन्त्रालयका प्रतिनिधि लगायत वक्ताहरूको उपस्थित हुनेछन्।

यस्तै कलाकार दयाराम दाहाल, नरेन्द्र महर्जन, जनक तामाङ, स्वस्तिमा खड्का, केकी अधिकारी, दिनेश डिसी, आकाश अधिकारी, निश्चल बस्नेत, अशोक प्यासी राई, मनोज पण्डित, संजोक बस्याल, अरुण बराल, चिरन्जिबी पौडेल, मोहन निरौला, राजु केसी, नवल खड्कालगायत चलचित्रकर्मी तथा पत्रकारहरूको उपस्थिति रहने आयोजकले जनाएको छ।

प्रकाशित: ६ फागुन २०८० १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =