राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्दै

हिमाल प्रेस ५ फागुन २०८० ७:१०
26
SHARES
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ- राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज (शनिबार) काठमाडौँमा बस्ने भएको छ।

बैठकमा केन्द्रीय कार्य समितिले गरेका निर्णय कार्यान्वयनको अवस्था , सात क्षेत्र र तराई-मधेश क्षेत्रमा सन्चालन गरिएको प्रशिक्षणको समीक्षा, पार्टीको सांगठनिक अवस्था, भाबी कार्ययोजना तथा आन्दोलन र वृहत् राष्ट्रवादी मोर्चा निर्माणका बारेमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

उनका अनुसार पार्टी अध्यक्ष कमल थापाले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यदिशा बारे धारणा राख्नेछन्।

यस अघि बसेको पार्टी केन्द्रीय समिति बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको बाटो असफल भएकोले व्यवस्था र प्रणाली परिबर्तन गर्नको लागि आन्दोलनमा जाने निर्णय गरेको थियो।

प्रकाशित: ५ फागुन २०८० ७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =