प्रावि शिक्षक : थप १२ जिल्लाको नतिजा सार्वजनिक

हिमाल प्रेस ४ फागुन २०८० ६:४९
702
SHARES
प्रावि शिक्षक : थप १२ जिल्लाको नतिजा सार्वजनिक

काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ।

आयोगले बिहीबार धादिङ, रसुवा, गोरखा, नवलपरासी पश्‍चिम, जाजरकोट र अछाम जिल्लाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

आयोगले बुधबार ओखलढ्ङ्गा, सिन्धुली, तनहुँ, रुकुमपूर्व, जुम्ला र दार्चुला जिल्लाको लिखित परीक्षाको सार्वजनिक गरेको थियो।

त्यसैगरी आयोगले मंगलबार उदयपुर, धनुषा, नुवाकोट, बागलुङ, पाल्पा र डोल्पा जिल्लाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको थियो।

गत जेठ २० र असोज १३ गते लिइएको लिखित (सामान्य र विषयग) परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ।

लिखित परीक्षामा सफल उम्मेदवारलाई आयोगले अन्तर्वार्तामा बोलाएको छ।

प्रावि शिक्षक : ४४ जिल्लाको नतिजा सार्वजनिक,अन्तर्वार्तामा उपस्थित हुन अनुराेध

प्रकाशित: ४ फागुन २०८० ६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 8 =