बुटवलको स्थापना दिवसमा ११० वर्षकी महिला प्रमुख अतिथि

हिमाल प्रेस ३ फागुन २०८० २१:१२
26
SHARES
बुटवलको स्थापना दिवसमा ११० वर्षकी महिला प्रमुख अतिथि

लुम्बिनी- बुटवल उपमहानगरपालिकाले ६५औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ। बुटवल उपमहानगरको ज्येष्ठ सदस्य ११० वर्षीया ऐरावती वरईलाई प्रमुख आतिथि बनाएर उपमहानगरले स्थापना दिवस मनाएको हो। बरई सम्भवत नेपालकै सबैभन्दा धेरै उमेरको जीवित महिला हुनसक्ने उपमहानगरको दाबी छ। प्रमुख अतिथि बरईको शारीरिक अवस्थाका कारण धन्यवाद मात्रै दिएर बिदा भएकी थिइन्।

स्थापना दिवस मूल समरोहमा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई सबै क्षेत्रमा अब्बल नगर बनाउने उदेश्यका साथ योजनाबद्ध तरिकाले काम गरिरहेको बताए। उनले बुटवलको समग्र विकासका लागि सहयोगी बन्न आग्रह गरे। कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध बनाउनका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहने बताइन्।

प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले प्रशासनिकरूपमा बुटवल उपमहानगरपालिकाले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनका लागि प्रयत्नशील रहेको बताए।

कार्यक्रममा निर्वाचनका उपविजेता बाबुराम भट्टराई, पूर्वजनप्रतिनिधिहरू पुनाराम पोखरेल, संघसंस्थाहरूका तर्फबाट हरिप्रसाद अर्याल, रामराज पोखरेल, राजनीतिक दलका प्रतिनिधिहरुलगायतले बोल्दै बुटवलको योजनावद्ध विकासमा जोड दिन सुझाव दिएका थिए। यस्तै स्थापना दिवसमा बुटवल उपमहानगरपालिकाको स्थापना दिवसका अवसरमा ऐरावती वरई, राधेश्याम राजभण्डारी, छेदी दंगोरिया थारु, प्रेमधरि गुरुङ र डिलाराम भण्डारीलाई नगदसहित सम्मान गरिएको छ।

करदाताहरुमा एकीकृत सम्पत्तिकरमध्ये ठूला करदाताको व्यक्तिगत तर्फ ज्ञानु कुमारी गौचन, ईश्वरी पाठक, विलास मोहन वझा र मधुसुदनलाल श्रेष्ठलाई सम्मान गरिएको छ। यस्तै संस्थागततर्फ नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिक लिमिटेड बुटवल, एभरेष्ट इङ्गिलस बोर्डिङ प्रालि, बुटवल, दिप बोर्डिङ रुपन्देही प्रालि, बुटवल र सुरपदमा हाउजिङ्ग, बुटवललाई सम्मान गरिएको छ।

यस्तै कार्यक्रममा पूर्वजनप्रतिनिधि, सेवानिवृत्त कर्मचारीहरु, शिक्षा, स्वास्थ्य, उद्योग व्यापार, महिला उद्यमी, रोजगार, एकल महिला, बालबालिका, वातावरण, हरियाली प्रवद्र्धन, पर्यटन, स्वास्थ्य स्वयमसेविका, विभिन्न खेलकुदमा स्वर्ण, कास्य र रजतपदक बिजेताहरु, निर्माण व्यवसायी, उपभोक्ता समितिहरु, टोलविकास संस्थालगायतलाई सम्मान गरिएको थियो।

प्रकाशित: ३ फागुन २०८० २१:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + thirteen =