कांग्रेस महासमिति बैठक तयारी : आर्थिक उपसमिति संयोजक र सदस्य चयन

हिमाल प्रेस २९ माघ २०८० १७:४३
10
SHARES
कांग्रेस महासमिति बैठक तयारी : आर्थिक उपसमिति संयोजक र सदस्य चयन कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन ७ गते प्रारम्भ हुने पार्टी महासमितिको बैठक तयारीका लागि आर्थिक उपसमितिमा संयोजक र सदस्यहरू चयन गरेका छन्।

महासमितिको बैठक तयारीको मूल समितिका संयोजक उनले आज ‘आर्थिक उपसमिति’ को संयोजकमा पार्टीका केन्द्रीय सदस्य अनिलकुमार रुङ्गटा तथा सदस्यहरूमा केन्द्रीय सदस्यद्वय उमेश श्रेष्ठ र मोहन आचार्य, बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र सङ्खुवासभा कांग्रेसका सभापति दीपक खड्कालाई मनोनयन गरेका हुन्।

सभापति देउवाले महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन तोकिएको जिम्मेवारी उपसमितिले कुशलतापूर्वक निर्वाह गर्ने विश्वास लिएको उल्लेख गरेका छन्।

प्रकाशित: २९ माघ २०८० १७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =