हुन्डाई एक्सटरको बुकिङ खुला

हिमाल प्रेस १९ माघ २०८० ११:५२
हुन्डाई एक्सटरको बुकिङ खुला

काठमाडौँहुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतीक्षित एसयूभी एक्सटरको बुकिङ खुला गरेको छ।  भदौमा सम्पन्न नाडा अटो सोमा सो गाडी प्रदर्शन गरिएको थियो| हुन्डाई एक्सटर  पाँच सिटर एसयूभी कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयूभी रहेको  लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ।

एक्सटरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल दिइएको छ। साथै यसको डीआरएल एच प्याटर्नमा राखिएको छ। इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरलगायत अन्य प्रशस्त फिचर उपलब्ध रहेको छ।

१.२ लिटर पेट्रोल इन्जिन जडित सो एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको  इन्टरकन्टिनेन्टल प्रालिले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ६ कलर अप्सनमा आउने एक्सटर नेपालमा ईएक्स, एस र एसएक्स गरी तीन भेरियन्ट मा उपलब्ध रहेको छ। जसको मूल्य क्रमश:  ३४ लाख ९६ हजार, ४० लाख ९६ हजार र ४४ लाख ९६ हजार रुपैयाँ रहेको छ।

प्रकाशित: १९ माघ २०८० ११:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + one =