‘१२ गाउँ’ मा न्यान्सी खड्का अनुबन्धित

हिमाल प्रेस १६ फागुन २०८० १२:३६ | Wednesday, February 28, 2024
‘१२ गाउँ’ मा न्यान्सी खड्का अनुबन्धित

काठमाडौँ- फिल्म ‘१२ गाउँ’ मा न्यान्सी खड्का अनुबन्धित भएकी छन्। न्यान्सी मिस नेपाल इन्टरनेसनल-२०२२ हुन्।

निर्माण कम्पनी विराज भट्ट प्रोडक्सन र खड्काबीच बुधबार लिखित सम्झौता भएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत निर्देशक विराज भट्टले फिल्ममा न्यान्सी खड्का अनुबन्धित भएको जानकारी दिएका हुन्।

उनी केही समयअघि जापानमा भएको ‘मिस इन्टरनेसनल’ मा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। विराटनगर घर भएकी न्यान्सी व्यवसायिक मोडलसमेत हुन्।

विराज भट्टका छोरा समीर भट्ट यसै फिल्मबाट डेब्यू गर्दैछन्। निर्देशक भट्टले केही दिनअघि ‘१२ गाउँबाट डेब्यु गर्दै समीर भट्ट’ भन्दै समीरको फोटो सार्वजनिक गरेका थिए।

निर्माण टिम चैत १५ बाट छायांकनमा जाने तयारीमा छ। अहिले फिल्मको प्रि-प्रोडक्सन चलिरहेको छ।

सन्तोष सरकारको कथा तथा पटकथामा बन्ने फिल्म विराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ। फिल्म एक्सन जनरामा बन्ने बताइएको छ।

प्रकाशित: १६ फागुन २०८० १२:३६ | Wednesday, February 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast