 
                             
                                            काठमाडौँ- दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ महिला च्याम्पियनसीपअन्तर्गत आज भएको खेलमा नेपाल भुटानलाई पराजित गर्दै विजयी भएको छ। बङ्गलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमलङ्गशालामा भएको खेलमा नेपालले भुटानमाथि १–० गोलको जित निकालेको हो। यस जितसँगै नेपालले प्रतियोगितामा तीन अङ्क जोडेको छ।
नेपालको जितमा सेनु परियारले गोल गरिन्। उनले खेलको ५४औँ मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो। यसअघि भएको पहिलो खेलमा आयोजक बङ्गलादेशसँग नेपाल ३–१ गोलअन्तरले पराजित भएको थियो। यता भुटान भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो।
नेपाल, बङ्गलादेश, भुटान भारत सहभागी उक्त प्रतियोगितामा अङ्क तालिकाको शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्। नेपालले आफ्नो तेस्रो खेल यही माघ २३ गते भारतसँग खेल्नेछ। रासस

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 