वैशाख २८ मा ‘खजुरे ब्रो’ आउने

हिमाल प्रेस १३ फागुन २०८० ११:५१ | Sunday, February 25, 2024
वैशाख २८ मा ‘खजुरे ब्रो’ आउने

काठमाडौँ– फिल्म ‘खजुरे ब्रो’ आगामी वर्ष बैशाख २८ गते प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै बैशाख २८ गतेलाई प्रदर्शन मिति घोषणा गरेका हुन्।

कमेडी र एक्सन जनरामा बनेको फिल्म धरानका एक चर्चित पात्रको जीवनमा आधारित रहेर बनाइएको निर्माण टिमले जनाएको छ।

खजुरे ब्रोको भूमिकामा रियर राईले अभिनय गरेका छन्। सुरज सुनुवारको निर्देशनमा बनेको फिल्ममा रेयर राई महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको अभिनय छ।

फिल्मका निर्माता नवीन मानन्धर र सुरज सुनुवार हुन्। डायमण्ड उप्रेती कार्यकारी निर्माता छन्। शिशिर बिसंखेले छायांकन गरेको फिल्म दिब्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण भएको छ।

प्रकाशित: १३ फागुन २०८० ११:५१ | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast