दसैँमा निश्‍चलले ‘बेहुली फ्रम मेघौली’ ल्याउने

हिमाल प्रेस ३ फागुन २०८० ११:०३ | Thursday, February 15, 2024
दसैँमा निश्‍चलले ‘बेहुली फ्रम मेघौली’ ल्याउने

काठमाडौँ- निश्चल बस्नेत र स्वस्तिमा खड्काको निर्माण र अभिनय रहने फिल्म ‘बेहुली फ्रम मेघौली’ आउँदो वर्षको दशैँमा प्रदर्शन हुने भएको छ। फिल्म नाम घोषणा भएसँगै छायांकन फागुनको दोस्रो साताबाट चितवनको मेघौलीमा सुरु हुने निर्माण टिमले जनाएको छ।

नायिका स्वस्तिमा खड्का पहिलो पटक यही फिल्मबाट निर्माता बन्दैछिन्।

यदि, घोषणा गरिएका सबै फिल्म प्रदर्शन भए भने आउँदो वर्षको दसैँमा फिल्महरूको भिडन्त आक्रामक हुने देखिएको छ। दसैँलाई लक्षित गर्दै ‘छक्का पन्जा ५, बलिदान र गाउँ नै रमाइलो’का निर्माताले प्रदर्शन मिति तय गरिसकेका छन् भने यो भिडमा ‘बेहुली फ्रम मेघौली’ पनि मिसिएको हो।

फिल्म निर्देशन आकाश बरालले गर्दैछन्।

प्रकाशित: ३ फागुन २०८० ११:०३ | Thursday, February 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast