ठेक्का लिएर लथालिंग छाड्ने ११ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा

हिमाल प्रेस १ फागुन २०८० ८:१४ | Tuesday, February 13, 2024
ठेक्का लिएर लथालिंग छाड्ने ११ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा फाइल तस्बिर

काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ।

ठेक्का लिएर समयमै काम नगर्ने र आपूर्ति नगरेपछि विभिन्न जिल्लाका स्थानीय तहहरूले सिफारिस गरेबमोजिम ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्न कार्यालयले प्रक्रिया थालेको हो।

कालोसूचीमा राख्न सिफारिस भएका निर्माण कम्पनीहरुमा लमजुङको चम्पादेवी रोडा ढुंगा बालुवा प्रशोधन केन्द्र, ललितपुरको न्यू प्रिन्सपल फेसन ओयर, कञ्चनपुरको प्रगती कन्स्ट्रक्सन लगायत छन्।

ती निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राख्न नपर्ने आधार भए सुचना प्राप्त भएको मितिले ३० दिनभित्र लिखित स्पष्टिकरण बुझाउन भनिएको छ।

प्रकाशित: १ फागुन २०८० ८:१४ | Tuesday, February 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast