उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

हिमाल प्रेस १६ माघ २०८० १३:५१
68
SHARES
उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

काठमाडौँ- हृदयघातका कारण आज विहान उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएको छ।

बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उनलाई उपचारका लागि कलंकीस्थित नेपाल नेशनल अस्पताल पुर्‍याइएको थियो।

उनको उपचारका क्रममा विहान १० बजे निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए।

उनका अनुसार न्यायाधीश मरासेनीकी छोरी पोखराबाट काठमाडौँ आएपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

प्रकाशित: १६ माघ २०८० १३:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eleven =