राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई विद्यालयले गर्‍यो सम्मान

हिमाल प्रेस १६ माघ २०८० १२:२९
400
SHARES
राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई विद्यालयले गर्‍यो सम्मान

काठमाडौँ- मोरङको जहदा गाउँपालिका–१ स्थित श्री दुर्गा माविले राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी भएर प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई सोमबार सम्मान गरेको छ।

गाउँपालिकास्तरीय रनिङशिल्ड प्रतियोगितामा विद्यालयले १० बढी खेल जित्न सफल भएको प्रधानाध्यापक सन्तोषकुमार साहले बताए। कार्यक्रममा प्रधानाध्यापक साहले विजयी विद्यार्थीलाई टीका लगाएर सम्मान गरे।

उनले भने,‘गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा हाम्रो यस विद्यालयबाट सहभागी छात्र, छात्राहरूले १० भन्दा बढी खेलहरूमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन्। साथै जहदापालिकाअन्तर्गत रहेको आठवटा माध्यमिक विद्यालयहरूमध्ये हाम्रो विद्यालयले तेस्रो स्थान हासिल गर्न सफल भएको छ।’ उनले यो सफलता विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीको सफलता भएको बताए।

प्रतियोगितामा सहभागी विद्यार्थी र स्थान

शिवलाल मरण्डी– १०० मिटर दौडमा प्रथम
सुस्मिता हेमब्रम– १०० मिटर दौडमा प्रथम
शिवलाल मरण्डी– लङजम्प प्रथम
सुस्मिता हेमब्रम– लङजम्प प्रथम
सन्तोष यादव– हाइजम्प द्वितीय
सुस्मिता हेमब्र– हाइजम्प द्वितीय
करण कुमार मण्डल– २०० मिटर दौड तृतीय
अमिस मरण्डी– ४०० मिटर दौड तृतीय
शिवलाल मरण्डी– सटफुट द्वितीय
अभिसेक मलाहा– ८०० मिटर दौड तृतीय

प्रकाशित: १६ माघ २०८० १२:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =