गगनको आग्रह : त्रिवि डुबेको छ, सुधार्ने हो भने प्रतिस्पर्धामा भीसी नियुक्त गरौँ

हिमाल प्रेस १३ माघ २०८० १५:४०
36
SHARES
गगनको आग्रह : त्रिवि डुबेको छ, सुधार्ने हो भने प्रतिस्पर्धामा भीसी नियुक्त गरौँ फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगनकुमार थापाले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिमा योपटक कुनै पनि राजनीतिक भागबन्डा गर्न नहुने बताएका छन्। झापामा शनिबार ‘समुदायमा कांग्रेस’ संवाद यात्रामा बोल्दै उनले उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा त्यागेर विश्वविद्यालय सुधारमा सबैको ध्यान जानुपर्ने बताएका हुन्।

‘त्रिविको उपकुलपति नियुक्ति सन्दर्भमा पूरै शक्ति लागेर अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई, हाम्रो पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर योपटक कुनै पनि हालतमा उपकुलपतिको नियुक्तिमा राजनीतिक भागबन्डा नगरौँ भनेका छौँ। विश्वविद्यालय डुबेको छ सुधार गरौँ। मौका आएको छ। हामीले नै डुबाएको हो। कसैलाई दोष दिएर पनि हुँदैन,’ महामन्त्री थापाले भने।

उपकुलपति नियुक्ति सन्दर्भमा संसद्‌मा, संसद्‌बाहिर बोल्ने र दबाब सिर्जना गर्ने काम आफूहरूले गर्दै आएको थापाले बताए। उनले भने, ‘यसपटक यसलाई सुधार गर्ने मौका आएको छ। गरौँ भनेर संसद्‌मा बोल्ने, संसद्‌बाहिर  बोल्ने, प्रधानमन्त्रीलाई भेटेर भन्ने, सभापतिलाई भेटेर भन्ने, दबाब सिर्जना गर्ने काम गरिरहेका छौँ।’

त्रिविको उपकुलपति नियुक्तिले आंगिक क्याम्पसरूमा प्रभाव पर्ने विद्यार्थीको भनाइलाई गम्भीर रूपमा लिएको पनि थापाले बताए।

यी हुन् त्रिवि उपकुलपतिका ४३ आकांक्षी

प्रकाशित: १३ माघ २०८० १५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =