आईसीसी यू-१९ विश्वकप : भारतको लगातार दोस्रो जित

हिमाल प्रेस १२ माघ २०८० ७:२१
10
SHARES
आईसीसी यू-१९ विश्वकप : भारतको लगातार दोस्रो जित

काठमाडौँ- आईसीसी यू-१९ विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित निकालेको छ। भारतले बिहीबार आयरल्यान्डलाई २०१ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

३०२ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड २९.४ ओभरमा १ सय रनमा अलआउट भयो। भारतका लागि सौम्य पाण्डेले ९ ओभरमा २१ रन खर्चेर ३ विकेट लिएका थिए। त्यसैगरी नमन तिवारीले १० ओभरमा ५३ रन खर्चेर ४ विकेट लिए।

कप्तान उदय शरण, धनुष गोन्डा र मुरुगान अभिषेकले समान १ विकेट लिएका थिए। आयरल्यान्डले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो।

पहिलो खेलमा बंगलादेशलाई हराएको भातर समूह एमा ४ अंकसहित शीर्षस्थानमा छ।

आईसीसी यू-१९ विश्वकप : अफगानिस्तानविरुद्ध खेल्दै नेपाल

प्रकाशित: १२ माघ २०८० ७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nine =