उपकुलपतिको कार्यकक्षमा साम्पाङले लगाए ताला, भने- घिसार्दै निकाल्न नपरोस्

हिमाल प्रेस १ माघ २०८० २०:४१ | Monday, January 15, 2024
उपकुलपतिको कार्यकक्षमा साम्पाङले लगाए ताला, भने- घिसार्दै निकाल्न नपरोस् माघ १ गते उपकुलपतिको कार्यकक्षमा ताला लगाउँदै मेयर साम्पाङ।

इटहरी- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीको कार्यकक्षमा धरानका मेयर हर्क साम्पाङले ताला लगाएका छन्।

शिक्षक, कर्मचारीहरू आन्दोलनमा उत्रिएको बेला प्रतिष्ठानको समस्या समाधान गर्न छोडेर बिदामा बसेका उपकुलपति कार्कीको कार्यकक्षमा आज (सोमबार) दिउँसो मेयर साम्पाङले तालाबन्दी गरेका हुन्।

प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै मेयर साम्पाङ मोटरसाइकल चढेर प्रतिष्ठानमा पुगेका थिए। ताला लगाउँदै मेयर साम्पाङले कसैले पनि ताला नखोल्न चेतावनी पनि दिए।

त्यसपछि उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उपकुलपतिले निकास दिनुपर्ने वा राजीनामा गर्नुपर्ने बताए। उनले लेखेका छन्, ‘बि.पी. अस्पतालको भीसी नलुकी ढिलो नगरी बाहिर निस्केर निकास दिनू कि राजीनामा दिनू ! नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् ! नाम नबिर्सनू है !’

प्रकाशित: १ माघ २०८० २०:४१ | Monday, January 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast