कोशीको सभामुख राप्रपाले पाउने, अम्बरबहादुर उम्मेदवार बन्ने

हिमाल प्रेस २४ पुष २०८० ११:२१
4
SHARES
कोशीको सभामुख राप्रपाले पाउने, अम्बरबहादुर उम्मेदवार बन्ने कोशी प्रदेशसभाको बैठक। फाइल तस्बिर

काठमाडौँ- कोशी प्रदेश सभामा सभामुखको निर्वाचन आज हुने भएको छ।

प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज दिउँसो ३ बजे सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो। कार्यसूची भने केहिबेरमा प्रकाशन हुने उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन्।

सरकार गठनमा सहयोग गर्न तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनदेखि कोशी प्रदेशमा सभामुख रिक्त छ। मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले आजै सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो।

सभामुखको टुंगो लगाउने विषयमा छलफल गर्न दलहरुको बैठक पनि बसिरहेको छ। सत्तारुढ गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय यसअघि नै गरेको थियो।

गठबन्धनले निर्णय गरेपछि राप्रपाले पनि उम्मेदवारी दिने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको संसदीय दलको बैठकले निर्वाचन कार्यतालिका प्रकाशन भएपछि उम्मेदवारी दिने निर्णय गरेको हो।

राप्रपाबाट अम्बरबहादुर विष्टले उम्मेदवारी दिनेछन्। राप्रपाले केही दिनअघि नै विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सभामुखमा विष्ट निर्विरोध निर्वाचित हुने सम्भावना छ। नेकपा एमालेले उम्मेदवारी दिने निर्णय नगरे विष्ट निर्विरोध निर्वाचित हुनेछन्।

प्रकाशित: २४ पुष २०८० ११:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =