बरहथवा घटना : प्रशासन र प्रदर्शनकारीबीच ११ बुँदे सहमति (सूचीसहित)

हिमाल प्रेस २२ पुष २०८० २०:२९
26
SHARES
बरहथवा घटना : प्रशासन र प्रदर्शनकारीबीच ११ बुँदे सहमति (सूचीसहित)

सर्लाही- सर्लाहीको बरहथवा घटनामा स्थानीय प्रशासन र प्रदर्शनकारीबीच ११ बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय मलंगवामा भएको सहमतिअनुसार अब बरहथवास्थित नगर अस्पताल यसअघि नगर कार्यपालिकाको निर्णयबमोजिम मधेश सरकारलाई हस्तान्तरण गरिनेछ।

अस्पताललाई स्तरोन्नति गरेर ५० शय्याको बनाइने छ। प्रदर्शनको क्रममा गोली लागेर ज्यान गुमाएका जयशंकर साहको नाममा अस्पतालको नामाकरण गरिने र नगरपालिकाले मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।

प्रदर्शनरत पक्ष र स्थानीय प्रशासनसँग ११ बुँदे सहमति भएसँगै आन्दोलनका सबै कार्यक्रम तत्काल रोक्न आन्दोलनरत समूह सहमत भएको छ।

प्रकाशित: २२ पुष २०८० २०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =