राजेन्द्रले भने ‘खान्न रक्सी खाँदिन चुरोट’

हिमाल प्रेस २२ पुष २०८० १५:२७
102
SHARES
राजेन्द्रले भने ‘खान्न रक्सी खाँदिन  चुरोट’

काठमाडौँ– काठ क्षेत्रका चर्चित गायक हुन् राजेन्द्र भण्डारी। हालसालै राजेन्द्रको ‘खान्न रक्सी खाँदिन चुरोट’ गीत सार्वजनिक भएको छ।

सन्देशमुलक गीतमा राजेन्द्रलाई गायिका प्रतिमा अर्यालले साथ दिएकी छन्। राजेन्द्रकै शब्द र संगीतमा बनेको गीत काठे भाकामा आधारित छ।

गीतको संगीत संयोजनमा नारायण दंगल  छन्।। मनोज परियारले मिक्सिङ गरेको गीत म्युजिक प्लस स्टुडियोमा रेकर्ड गरिएको छ।

प्रेम कथामा आधारित गीतको भिडियोमा राजाराम सिम्खडा र निहारिका थापाले अभिनय गरेका छन्।

गीत मिलन श्रेष्ठको निर्देशन, सन्तोष तिमिल्सिनाको छायांकन र रोशन धितालको सम्पादनमा बनेको छ। गीत मेनुकाको डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

यसअघि राजेन्द्रको ऐया हो, रिबन केसैमा, धानको चामल धानै कनिका, लौन, ए है परान, कल्पना, मापसेलगायत थुप्रै गीत चर्चित छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + four =