वडा कार्यालयद्वारा स्वास्थ्य शिविर सञ्चालन

हिमाल प्रेस २१ पुष २०८० ९:५३
2
SHARE
वडा कार्यालयद्वारा स्वास्थ्य शिविर सञ्चालन

सिरहा– चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिक बिरामी पर्न थालेपछि सिरहाको गोलबजार नगरपालिका–४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। वडा कार्यालयले उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

स्थानीय निजी अस्पताल, चिकित्सक र औषधि कम्पनीसँग समन्वय गरेर स्वास्थ्य शिविर आयोजना गरिएको वडाध्यक्ष सकलदेव यादवले जानकारी दिए। स्वास्थ्य शिविरमा एक सय ४० बालबालिकाको स्वास्थ्य परीक्षण गरी औषधिसमेत वितरण गरिएको छ।

त्यसैगरी स्वास्थ्य शिविरमा दाँतका बिरामी तथा दमका रोगी ज्येष्ठ नागरिकको पनि स्वास्थ्य परीक्षण गरिएको थियो। चिसोले बालबालिका र ज्येष्ठ नागरिक प्रभावित हुन थालेपछि त्यसबाट जोगाउन शिविर सञ्चालन गरिएको वडाध्यक्ष यादवले बताए।

उन्ले भने, ‘नियमित बजेट र कार्यक्रम थिएन । तर पनि सहयोग जुटाएर शिविर आयोजना गरेको हुँ। यसबाट गरिब-विपन्न नागरिकलाई लाभ पुगेको छ।’

स्वास्थ्य शिविरमा डा विनोद साह र डा सोनी गुप्ताले स्वास्थ्य परीक्षण गरेका थिए। शिविरमा उपचार गराउन आउने बिरामीलाई ४० हजार रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको वडाध्यक्ष यादवले जानकारी दिए।

प्रकाशित: २१ पुष २०८० ९:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =