रुकुम पश्चिममा साढे दुई करोडको मह उत्पादन

हिमाल प्रेस १९ पुष २०८० १९:४४
16
SHARES
रुकुम पश्चिममा साढे दुई करोडको मह उत्पादन

रुकुम पश्चिम-  रुकुम पश्चिममा यस वर्ष २१ मेट्रिकटन मह उत्पादन भएको छ। विगतका वर्षभन्दा यस वर्ष महको उत्पादन बढेको हो।

किसानले मह बेचेर २ करोड ५० लाख कमाइ गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख मीनबहादुर केसीले जानकारी दिए।

जिल्लाको बाँफिकोट गाउँपालिका, आठबीसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा मह उत्पादन हुँदै आएको छ। किसानले प्रतिकिलो एक हजार दुई सयमा मह बेचेका छन्। मौरीले मह लगाउने याममा वर्षा नभएका कारण मह उत्पादन बढेको प्रमुख केसीले बताए। जिल्लामा उत्पादन भएको मह काठमाडौँ, दाङ, नेपालगञ्जसम्म पनि निर्यात भएको छ।

जिल्लामा आधुनिक घार र मुढेघारमा मह उत्पादन हुँदै आएको छ। पछिल्लो वर्ष आधुनिक घारको प्रयोग बढ्दै गएको कृषि विकास कार्यालयले जनाएको छ। मह उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि किसान मौरीपालन व्यवसायमा आकर्षित हुँदै आएका छन्।

प्रकाशित: १९ पुष २०८० १९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 12 =