भारतीय परराष्ट्रमन्त्री जयशंकरले गरे देउवा, ओलीलगायतसँग भेट

हिमाल प्रेस १९ पुष २०८० १८:२८
8
SHARES
भारतीय परराष्ट्रमन्त्री जयशंकरले गरे देउवा, ओलीलगायतसँग भेट नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार शिष्टाचार भेट गर्दै नेपाल भ्रमणमा रहेका भारतका विदेशमन्त्री एस जयशंकर । तस्बिर सौजन्यः अध्यक्ष ओली सचिवालय / रासस

काठमाडौँ- नेपाल भ्रमणमा रहेका भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले राजनीतिक भेटवार्ता गरेका छन्। काठमाडौँको एक होटलमा बिहीबार परराष्ट्रमन्त्री जयशंकरले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूसँग भेटवार्ता गरेका हुन्।

भेटपछि एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले नेपाल भारत सहमतिलगायत दुईपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको जानकारी दिए। नेपालको आर्थिक विकासको बाटोमा आवश्यकता अनुसारको सहयोग मित्रराष्ट्रबाट हुने अपेक्षा गरिएको उनले बताए।

त्यस्तै कांग्रेस सभापति देउवासँगको भेटमा दुईपक्षीय सम्बन्धलगायतका बिषयमा छलफल भएको थियो। नेताहरूको भेटका क्रममा भारतीय परराष्ट्रमन्त्री जयशंकरले नेपालसँगको सम्बन्धलाई थप उचाईमा लैजान प्रयत्न गर्ने धारणा राखेका थिए।

प्रकाशित: १९ पुष २०८० १८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =