सुमोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हिमाल प्रेस १८ पुष २०८० ७:५६
6
SHARES
सुमोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बारा- बाराको जीतपुरमा टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित ६ लेन सडकमा मंगलबार राति टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक वीरगन्ज महानगरपालिका–३२ का २७ वर्षीय दीपक शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

पथलैयाबाट जीतपुरतर्फ आउँदै गरेको ना १ ज ३५२७ नम्बरको टाटा सुमोले ना ५९ प ३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

जेब्रा क्रसिङमा रोकिरहेको मोटरसाइकललाई टाटा सुमोले ठक्कर दिए पछि शर्मा सिकिस्त घाइते भएको र उनको गण्डकस्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

ठक्कर दिने टाटा सुमो चालक दुर्घटनापछि फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ पुष २०८० ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + four =