सशस्त्रका इन्स्पेक्टर थापालाई सफाइका लागि ७ दिने म्याद

हिमाल प्रेस २ माघ २०८० ८:४९ | Tuesday, January 16, 2024
सशस्त्रका इन्स्पेक्टर थापालाई सफाइका लागि ७ दिने म्याद

काठमाडौँ- सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुशान्त थापालाई विभागीय कारबाही गर्ने तयारी भएको छ । गत मंसिर २१ देखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाएर विभागीय कारबाही गर्ने तयारी भएको हो।

त्यसका लागि गृह मन्त्रालयले मंगलबार विभागीय कारबाही गर्नु नपर्ने भए कारणसहित ७ दिने सफाइ पेश गर्न सूचना जारी गरेको छ।

सशस्त्र प्रहरी नियमावलीमा बिदा स्वीकृत नगराई १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा विभागीय कारबाहीको व्यवस्था छ।

 

प्रकाशित: २ माघ २०८० ८:४९ | Tuesday, January 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast