सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारी

हिमाल प्रेस १६ माघ २०८० ७:५६ | Tuesday, January 30, 2024
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारी

काठमाडौं- भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सेवा करारमा भर्ना गर्ने गरी कर्मचारी माग गरेको छ। केन्द्रले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

केन्द्रले क्रिटिकल केयर एण्ड एनेस्थेसियोलोजी १ जना, मेडिकल अधिकृत (आठौं) २ जना, स्टाफ नर्स (पाँचौं) १७ जना, असिस्टेन्ट फर्मासिस्ट (पाँचौं) २ जना र आईटी प्राविधिक (पाँचौं) १ जना माग गरेको छ।

आज (मंगलबार) विज्ञापन आह्वान गरेको केन्द्रले योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई २१ दिनभित्र आवेदन पेस गर्न आह्वान गरेको हो।

प्रकाशित: १६ माघ २०८० ७:५६ | Tuesday, January 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast