विनयराजको निर्देशनमा ‘आम नागरिक’

हिमाल प्रेस ११ माघ २०८० १५:२७ | Thursday, January 25, 2024
विनयराजको निर्देशनमा ‘आम नागरिक’

काठमाडौँ– विनयराज पौडेलको निर्देशनमा फिल्म ‘आम नागरिक’ बन्ने भएको छ। थिम पोस्टर सार्वजनिक गर्दै बिहीबार फिल्म निर्माणको घोषणा गरिएको हो।

पोस्टरमा एक पात्रले शरीर पछाडि खुकुरी लिएर उभिएको देखिन्छ। समसामयिक विषयमा बनाउन लागेको फिल्म आगामी बैशाखबाट छायांकन सुरु गरिने निर्माण टिमले जनाएको छ।

टिमका अनुसार अहिले कलाकार छनोटको कार्य भइरहेको छ। फिल्ममा निर्देशक पौडेलकै कथा लेखन छ। पुस्कर राउत प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल हुन्। फिल्म क्षित बाबु प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ।

विनयराजले यसै फिल्मबाट निर्देशकमा डेब्यु गर्न लागेका हुन्। यसअघि उनी सहायक निर्देशकको रुपमा काम गरिरहेका थिए। ‘बिहे पास’, ‘पोइ पर्‍यो काले’, ‘लभ यू हमेशा’, ‘के म तिम्रो साथी बन्न सक्छु’ लगायत थुप्रै फिल्ममा विनयराजले सहायक निर्देशकको रुपमा काम गरिसकेका छन्।

प्रकाशित: ११ माघ २०८० १५:२७ | Thursday, January 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast