राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान

हिमाल प्रेस १० माघ २०८० १७:११ | Wednesday, January 24, 2024
राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌का दुवै सदनको हिउँदे अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषद्‌को सिफारिसको आधारमा पौडेलले माघ २२ गते बस्ने गरी संसद् अधिवेशन आह्वान गरेका हुन्।

राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त दिन ४ बजे सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

मन्त्रिपरिषद्ले सदनको बैठकका निम्ति माघ ९ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

प्रकाशित: १० माघ २०८० १७:११ | Wednesday, January 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast