रामबहादुर बम्जनलाई थुनामा पठाउन आदेश

हिमाल प्रेस २६ पुष २०८० १७:५९ | Thursday, January 11, 2024
रामबहादुर बम्जनलाई थुनामा पठाउन आदेश

काठमाडौँ- आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। मंगलबा राति काठमाडौँबाट पक्राउ परेका बम्जनलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले बालयौन दुरुपयोग मुद्दामा थुनामा पठाउन आदेश दिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनलाई गएराति सर्लाही पुर्‍याएको थियो। जिल्ला अदालत सर्लाहीमा बिहीबार आज बम्जनको बयान लिइएको थियो। बम्जनलाई थुनामा पठाउने आदेश माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीका प्रमुख कैलाश दाहालले बहस गरेका थिए।

त्यस्तै बम्जनको पक्षबाट आधा दर्जनभन्दा बढी कानुन व्यवसायीले बहस गरेका थिए। दुवै पक्षको बहस सकिएपछि रेग्मीले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन्।

बम्जनमाथि आफ्नो आश्रममा रहेका बालिकाहरूमाथि बाल यौन शोषण गरेको आरोप छ। बाराको निजगढ नगरपालिका-१२, रतनपुरी स्थायी घर भएका उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो।

जिल्ला अदालत सर्लाहीले थुनामा पठाउने आदेश दिएपछि बम्जनलाई अब कारागार चलान गरिनेछ। बम्जनविरुद्ध अर्को मुद्दा पनि गृहजिल्ला बारा छ। बाराको रतनपुरी जंगलस्थित आश्रमबाट एकजना अनुयायीलाई बेपत्ता बनाएको आरोपसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ।

बम्जनले बयानमा आफू तपस्वी भएको र बाहिरी संसारबारे केही थाहा नभएको बताएका थिए।

प्रकाशित: २६ पुष २०८० १७:५९ | Thursday, January 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast