बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘शाम्बाला’ छनोट

हिमाल प्रेस १० माघ २०८० १२:२७ | Wednesday, January 24, 2024
बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘शाम्बाला’ छनोट

काठमाडौँ– जर्मनीमा हुने बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘शाम्बाला’ छनोट भएको छ। फेस्टिभलको अन्तर्राष्ट्रिय फिचर विधामा फिल्म छनोटमा परेको हो।

‘शाम्बाला’ बर्लिनको यो विधामा छनोट हुने पहिलो नेपाली फिचर फिल्म बनेको छ। फिल्मका निर्देशक मीन बहादुर भाम हुन्। हलिउड पत्रिका डेडलाइनका अनुसार, अन्तर्राष्ट्रिय विधामा २० वटा फिल्म छानिएका छन्।

आगामी १५ फेब्रअरी देखि २५ तारिखसम्म जर्मनीको राजधानी बर्लिनमा हुने फेस्टिभलमा निर्देशक भाम पनि सहभागी हुनेछन्।

फिल्म उच्च हिमाली गाउँकी गर्भवती अवस्थामा श्रीमानले छोडेपछि देवरलाई लिएर पतिकाे खोजीमा हिँडेकाे एक महिलाकाे  कथामा आधारित छ।  निर्देशक भामसहित अविनाशविक्रम शाहले फिल्मकाे कथा लेखेका हुन्।

फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिङ डल्हा, कार्म शाक्यलगायत मुख्य भूमिकामा छन्। फिल्म सुनी फिल्म्सको ब्यानरमा निर्माण भएको छ।

यसअघि अविनाशविक्रम शाहले निर्देशन गरेको छोटो फिल्म ‘लोरी’ले कान्स सिनेमा महोत्सवमा स्पेसल मेन्सन अवार्ड जित्न सफल भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast