फिल्म ‘खजुरे ब्रो’ को घोषणा

हिमाल प्रेस २ माघ २०८० १०:१९ | Tuesday, January 16, 2024
फिल्म ‘खजुरे ब्रो’ को घोषणा

काठमाडौँ- सुरज सुनुवारको निर्देशनमा निर्माण हुने फिल्म ‘खजुरे ब्रो’ को अफिसियल घोषणा गरिएको छ।

राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै निर्माण टिमले फिल्मको अफिसियल घोषणा गरेको हो। कमेडी जनरामा बन्ने फिल्मको लेखक पनि निर्देशक सुनुवार नै हुन्। कमेडी जनराको फिल्म ‘खजुरे ब्रो’ धरानमा चर्चित व्यक्ति ‘खजुरे ब्रो’ को नाम र उही क्यारेक्टरमा निर्माण गर्न लागिएको फिक्सन फिल्म रहेको निर्देशक सुनुवारले बताए।

फिल्ममा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ। आफ्नो डेब्यु फिल्म ‘खजुरे ब्रो’ को कथा र सम्पूर्ण टिम मन परेको कारण आफूले काम गरेको र राम्रो फिल्म बन्नेमा ढुक्क रहेको अभिनेत्री नीति शाहले बताइन्।

फिल्मको छायाँकन एकदमै राम्रो भईरहेको पनि नीतिले बताईन्। कार्यक्रममा बोल्दै रेयर राईले ‘खजुरे ब्रो’ शिर्ष रोलमा काम गर्न पाउँदा धेरै नै हर्षित भएको र च्यालेन्ज पनि थपिएको बताए। कमेडी जनरामा पहिलो पटक काम गर्न लागेकोमा उत्साहित रहेको अभिनेता महेश त्रिपाठीले बताए।

नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्न लागेको फिल्मका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन्। शिशिर बिसंखेले छायाँकन गर्ने फिल्मको छायाँकन सुरु भई सकेको छ। केही दिनको काठमाडौँको छायाँकन सकेर टिम धरान प्रस्थान गर्नेछ।

दर्शकको चाहना अनुसार पूर्ण मनोरञ्जन दिने उद्देश्यका साथ फिल्म निर्माण गर्न लागेको कलाकार तथा निर्माता नवीन मानन्धरले बताए। अनमोल गुरुङको संगीत रहने फिल्म इटहरी, धरान, दार्जिलिङ र काठमाडौँमा छायाँकन हुनेछ।

फिल्मको सह निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन्। दिब्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको फिल्ममा इन एसोसियसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिको रहेको छ।

प्रकाशित: २ माघ २०८० १०:१९ | Tuesday, January 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast