‘पुजार सार्की’ मा तीन अभिनेताको ‘क्यारेक्टर पोस्टर’

हिमाल प्रेस १५ माघ २०८० ११:२५ | Monday, January 29, 2024
‘पुजार सार्की’ मा तीन अभिनेताको ‘क्यारेक्टर पोस्टर’

काठमाडौँ– अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको फिल्म ‘पुजार सार्की’ को पोस्टर सार्वजनिक गरिएको छ।

पोस्टर सार्वजनिकसँगै फिल्म युनिट मंगलबार देखि छायाङ्कन गर्ने तयारीमा छ। छायांकन कास्की जिल्लाको कास्कीकोटबाट सुरु गरिनेछ।

पुरानो ‘टेक्स्चर’मा तयार पारिएको पोस्टरमा अभिनेता आर्यन, प्रदीप र पल छन्। पोस्टरअनुसार फिल्मको कथा अहिलेको निकै वर्ष पुरानो कथा रहेको अनुमान गर्न सकिन्छ।

फिल्ममा जातीय विभेद विरुद्ध समाजका तिन पात्रहरूले गर्ने संघर्षको कथामा आधारित  फिल्ममा अभिनेत्री अन्जना बराइली र परीक्षा लिम्बू मुख्य भूमिकामा देखिनेछन्। अन्य कलाकार मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुलीलगायतको अभिनय रहनेछ।

दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ फिल्ममा आउन लागेको खबर बाहिरिएदेखि नै ‘पुजार सार्की’ चर्चामा छ। फिल्मले दर्शकमा छोड्ने छाप पनि स्मरणीय हुने अपेक्षा गरिएको छ।

विकास सुवेदीको लेखन रहेको फिल्मका निर्देशक दिनेश राउत हुन्। फिल्म संगीतकार सुभाष भुसालले निर्माण गरेका छन्। एक दर्जनभन्दा बढि फिल्ममा संगीत भरेका सुवेदीले पहिलो पटक फिल्म निर्माण गर्न लागेका हुन्।

फिल्म सुप्रिम पराजुलीको सम्पादन, उत्तम न्यौपानेको साउण्ड डिजाइन र हिमाल केसीको द्वन्द्व निर्देशन रहनेछ। फिलम किङ्गडम नेटवर्कको ब्यानरमा बन्न लागेको हो।

प्रकाशित: १५ माघ २०८० ११:२५ | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast