‘कथाभित्रका कथाहरू’मा सन्तलालको कथा

हिमाल प्रेस २८ पुष २०८० १९:०४ | Saturday, January 13, 2024
‘कथाभित्रका कथाहरू’मा सन्तलालको कथा

काठमाडौँ- ‘कथाभित्रका कथाहरू’ नामक वृत्तचित्रको टिजर सार्वजनिक भएको छ। मकवानपुरको मनोहरी गाउँपालिकास्थित नयाँ वस्ती बसाएर बसेका चेपाङ समुदायका सन्तलाल प्रजाको कथामा आधारित वृत्तचित्रले सन्तलालको परिवारले बाँच्नका लागि गरिरहेको संघर्ष कथालाई जस्ताको तस्तै देखाउन खोजेको निर्माता दीपेन्द्र केसीले बताए।

२०७४ साउन २७ र २८ गतको बाढीले विस्थापित विभिन्न ठाउँका करिब डेढ सय घरधुरी मनोहरीको जगंलमा बस्दै आइरहेकोमा अहिले करिब ९० घरधुरीको चेपाङ समुदायको यहाँ बसोबास छ।

वडा नं ४ मनोहरी गाउँपालिका सबैभन्दा बढी चेपाङको वस्ती भएको स्थान हो। जीवन धान्नका लागि नयाँवस्ती बसालेका चेपाङ समुदायले भोगिरहेका सकसपूर्ण दैनिकीलाई सरोकारवालासँग अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने उद्देश्यले ‘कथाभित्रका कथाहरू’ निर्माण गरिएको निर्माता केसी बताउँछन्। वृत्तचित्रको पहिलो प्रदर्शन सोही चेपाङ वस्तीमा गर्ने तयारी भइरहेको उनले बताए।

टिजर देब डि प्रोडक्सन नामक युट्युब च्यानलमार्फत् सार्वजनिक भएको छ।

प्रकाशित: २८ पुष २०८० १९:०४ | Saturday, January 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast