प्रतीकात्मक तस्बिर।
सप्तरी- एक हजार किलोग्राम गाँजा बालुवाभित्र राखेर तस्करी गर्न लागेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सप्तरीले बरामद गरेको छ। प्रहरीले पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका-७ कल्याणपुर चौकबाट उक्त गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा विशेष सुराकीका आधारमा प्रहरी टोलीले एक हजार ६ किलो गाँजा बरामद गरेको प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए। उनका अनुसार उक्त गाँजा अन्तर्राष्ट्रिय बजारमा ३० देखि ३५ हजार प्रतिकिलोमा बिक्री हुने गरेको छ।
गाँजासँगै सवारीधनी टिपर चालक धनकुटाको शहिदभूमि गाउँपालिका-४ का ३२ वर्षीय विशेष राईलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बज्राचार्यले बताए।
प्रकाशित: २१ पुष २०८० १८:४१ | Saturday, January 6, 2024
प्रतिक्रिया




