अछाममा भालुको आक्रमणबाट दुईजना घाइते

हिमाल प्रेस १० माघ २०८० १२:५० | Wednesday, January 24, 2024
अछाममा भालुको आक्रमणबाट दुईजना घाइते

अछाम- अछामको रामारोशन गाउँपालिका-५ का दुईजना किशोरी भालुको आक्रमणबाट घाइते भएका छन्। स्थानीय सालिमकोट सामुदायिक वनमा घाँस काट्न गएका बेला जंगली भालुले आक्रमण गर्दा उनीहरू घाइते भएका हुन्।

घाइते हुनेमा स्थानीय १९ वर्षीया पार्वती शाह र २० वर्षीया किरण शाह रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

पाठकका अनुसार घाइते दुवैको शरीरका विभिन्न ठाउँमा चोट लाग्नुका साथै टाउकामा गहिरो चोट देखिएको छ। घाइतेमध्ये किरण अचेत अवस्थामा र पार्वती मध्यम अवस्था रहेका पाठकले बताए।

उनका अनुसार घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि जिल्लाबाहिरका अस्पतालमा लैजाने तयारी भइरहेको छ।

प्रकाशित: १० माघ २०८० १२:५० | Wednesday, January 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast