फौजदारी न्याय प्रणाली शुद्धीकरण गरेर सबल बनाउन जरुरी छ : प्रधानन्यायाधीश

हिमाल प्रेस ८ पुष २०८० २१:४०
4
SHARES
फौजदारी न्याय प्रणाली शुद्धीकरण गरेर सबल बनाउन जरुरी छ : प्रधानन्यायाधीश

काठमाडौँ- प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फौजदारी न्याय प्रणाली सक्षम, प्रभावकारी र जनआस्थावृद्धि गर्ने खालको भएको बताएका छन्।

महान्यायाधिवक्ताको कार्यालयको ७३औँ स्थापना दिवसका अवसरमा आज (आइतबार) यहाँ आयोजित कार्यक्रममा उनले फौजदारी न्याय प्रणाली शुद्धीकरण गरेर सबल र विश्वसनीय बनाउन जरुरी रहेको बताएका हुन्।

‘संसारभरि नै न्यायमा पहुँच र कानुनी सहायतको विषयलाई अन्त्यै महत्त्वपूर्णरूपमा हेर्ने गरिएको छ,’ उनले भने, ‘फौजदारी न्यायका परम्परागत मान्यताले मात्र नभई सक्षम, प्रभावकारी, जनआस्था वृद्धि गर्ने तरिकाले काम अनुसन्धान र अभियोजन गर्न आवश्यक छ।’

प्रधानन्यायाधीश श्रेष्ठले अनुसन्धान र अभियोजनका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा विकसित, स्वीकृत, अवलम्बित मानव र मापदण्डका विषयमा त्यतिकै ध्यान दिनुपर्ने जरुरी भएको बताए।

प्रकाशित: ८ पुष २०८० २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 3 =