काठमाडौँ- कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनमा नेपालले आज एकदिने शोक मनाउँदैछ।
कुवेतका अमिरको सम्मानमा आज शोक मनाइने गृह मन्त्रालयले जनाएको छ।
आज नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ।
अमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।
प्रकाशित: २ पुष २०८० ७:२०
प्रतिक्रिया