विवाहपञ्चमीअन्तर्गत स्वयंवर विधि सम्पन्न [तस्बिरहरू]

नेहा झा १ पुष २०८० १७:०८
36
SHARES
विवाहपञ्चमीअन्तर्गत स्वयंवर विधि सम्पन्न [तस्बिरहरू] विवाह पञ्चमीका अवसरमा जनकपुरधाममा आइतबार भगवान् रामसीताको डोलासहित निकालिएको झाकीमा देखिएका श्रद्धालु भक्तजनको भीड। तस्बिर : रासस

जनकपुरधाम- सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आइतबार रामजानकीको स्वयंवर सम्पन्न भएको छ। जानकी मन्दिर तथा राम मन्दिरको डोला रंगभूमि मैदानमा पुगेर स्वयंवर विधि सम्पन्न भएको हो।

राम मन्दिरको डोला मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा दर्जनौँ सवारीसाधन र बाजागाजाका साथ निस्केको थियो भने जानकी मन्दिरको डोलाको नेतृत्व महन्थ उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले गरेका थिए।

रंगभूमि मैदान पुगेका अन्य मन्दिरको डोलासँगै भगवान् रामको डोलाले माता सीताको डोलालाई परिक्रमा गरेपछि रामजानकीको स्वयंवर सम्पन्न भएको हो। जानकी मन्दिर परिसरमा आइतबार राति रामजानकीको वैवाहिक कार्यक्रम मिथिला संस्कृतिअनुसार सम्पन्न हुनेछ।

वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरीले रामका बुबा अर्थात् राजा दशरथको भूमिका तथा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव सीताको बुवा अर्थात् राजा जनकको भूमिका निर्वाह गर्नेछन्। वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिरलाई दुलहीझैँ सिँगारिएको छ।

वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिर परिसरमै मण्डपसमेत बनाइएको छ। यस मण्डपमा रामजानकीको वैवाहिक कार्यक्रम हुनेछ। प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मनाइने यस महोत्सवका अवसरमा यसपटक जनकपुरधाममा चहलपहल देखिएको छ।

 

तस्बिरहरू : रासस

प्रकाशित: १ पुष २०८० १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =