एनसेल सेयर खरिदबिक्री प्रकरण : सांसद अमरेशकुमार सिंहले दायर गरे सर्वोच्चमा रिट

हिमाल प्रेस २२ मंसिर २०८० १८:५३
18
SHARES
एनसेल सेयर खरिदबिक्री प्रकरण : सांसद अमरेशकुमार सिंहले दायर गरे सर्वोच्चमा रिट

काठमाडौँ- दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री प्रकरणमा सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। कानुन छलेर राज्यलाई घाटा हुने गरी सेयर खरिदबिक्री गरेको भन्दै सिंहले सर्वोच्चमा रिट दायर गरेको बताएका छन्। स्वतन्त्र सांसद सिंहले शुक्रबार दायर गरेको रिटको सुनुवाइ मंसिर २४ गतेलाई तोकिएको छ।

एनसेलको ८० प्रतिशत सेयर स्वामित्व रहेको रेनोल्ड होल्डिङ्सलाई बेलायती कम्पनीले किन्ने प्रक्रियामा छ। यसअघि एनसेलको मुख्य सेयर धनी रहेको मलेसियाली कम्पनी आजियाटा भने बाहिरिसकेको छ।

कर छल्ने र सरकारीकरण हुन नदिने उद्देश्यले यो कारोबार गरिएको भन्दै संसदीय समितिहरूमा पनि यस मामिलामा प्रश्न उठाइएको छ। सरकारले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा ५ सदस्यीय अध्ययन समिति बनाएको छ।

यस प्रकरणबारे उच्च अदालत पाटनमा पनि रिट परेको थियो। रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले तत्कालीन अवस्थामा सेयर खरिदबिक्री प्रक्रिया अघि नबढाउन आदेश दिइसकेको छ। उक्त रिटमा सुनुवाइपछि न्यायाधीश पुरुषोत्तम ढकालको इजलासले कारण देखाउ आदेश जारी गर्दै मंसिर २५ गते दुवै पक्षलाई छलफलमा उपस्थित हुन भनेको छ।

संसदीय समितिले यसबारे प्रधानमन्त्रीलाई नै उपस्थित गराएर प्रश्न सोध्ने निर्णय गरिसकेको छ।

सांसद सिंहको आरोप : एनसेल प्रकरणमा ठूला नेता र उच्च पदस्थहरू संलग्न छन्

सांसद सिंहको आरोप : सरकारी स्वामित्वमा आउन नदिन नेताहरूको चलखेलमा एनसेल बिक्री गरियो

 

प्रकाशित: २२ मंसिर २०८० १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + four =