विराटनगरमा आगलागी हुँदा दुईको मृत्यु

हिमाल प्रेस २० मंसिर २०८० १६:३५
22
SHARES
विराटनगरमा आगलागी हुँदा दुईको मृत्यु

इटहरी- विराटनगरमा भएको आगलागीमा परेर दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आगलागीमा परेर विराटनगर ७ का ३२ वर्षीय दीपक मण्डल र अर्का एकजनाको मृत्यु भएको हो।

एक जनाको जलेर मृत्यु भएको अवस्थामा घटनास्थलमा शव फेला परेको प्रहरीको भनाइ छ। शवको पहिचान खुलेको छैन।

उद्धारकर्ताहरुका अनुसार आगलागी भइरहेको गोदामभित्र आगोले जलिरहेको देखिन्थ्यो। तर, आगो नियन्त्रणमा समस्या भएपछि उद्धार गर्न नसक्दा जलेर त्यहीँ मृत्यु भएको हो।

विराटनगर महानगरपालिका ७ सातघुम्तीमा रहेको कवाडी पसलमा बुधबार दिउँसो २ः१५ बजेतिर आगलागी सुरु भएको हो। आगलागीमा परेकामध्ये ५ जनालाई उद्धार गरेर उपचारका लागि लगिएको थियो।

अन्य घाइतेमध्ये विराटनगर ६ की अन्दाजी ६० वर्षीया रीता सरदार, विराटनगर ६ की अन्दाजी ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका ६ की अन्दाजी ३० वर्षीया पिंकी कामतको न्युरोमा र विराटनगर ६ का अन्दाजी ५८ वर्षीय किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ।

विभिन्न ठाउँबाट आएका दमकल, स्थानीय, प्रहरी र सेनाको सक्रियतामा आगो नियन्त्रणको प्रयास जारी छ।

प्रकाशित: २० मंसिर २०८० १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =