राहत शिक्षकको महाधिवेशन स्थगित

हिमाल प्रेस २० मंसिर २०८० १०:१२
840
SHARES
राहत शिक्षकको महाधिवेशन स्थगित

काठमाडौँ- नेपाल राहत शिक्षक केन्द्रीय समितिको महाधिवेशन स्थगित भएको छ। यही मंसिरमा सम्पन्न गर्ने कार्यतालिका रहेकोमा अर्को निर्णय नभएसम्मका लागि महाधिवेशन स्थगित गरिएको हो।

राहत शिक्षक केन्द्रीय समितिको गत साउन २२ गतेको बैठकले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।

केन्द्रीय समितिले अहिले शिक्षा विधेयक संसद्मा दर्ता भई विषयगत समितिमा दफाबार छलफलको क्रममा रहेकोले हाल गत असोज १२ गते भएको सम्झौतालाई विद्यायलय शिक्षा ऐनमा सम्बोधन गराउन तीव्र पहलकदमीको गरिएकोले महाधिवेशन स्थगित गरिएकाे जनाएको छ।

राहत शिक्षक केन्द्रीय समिति अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईंले जारी गरेको पत्रमा भनिएको छ,‘नेपाल राहत शिक्षक केन्द्रीय समितिको मिति २०८०/०४/२२ गतेको बैठकको निर्णयअनुसार छैठौं केन्द्रीय महाधिवेशन यहि मंसिर महिनामा सम्पन्न गर्ने तालिका रहेकोमा अहिले शिक्षा विधेयक संसदमा दर्ता भई विषयगत समितिमा दफाबार छलफलको क्रममा रहेकोले हाललाई लविङमा नै ध्यान केन्द्रित गरी मिति २०८० असोज १२ गते भएको सम्झौतालाई विद्यायलय शिक्षा ऐनमा सम्बोधन गराउन तीव्र पहलकदमीको आवश्यकतालाई ध्यानमा राखी केन्द्रीय समितिको अर्को निर्णय नभईन्जेल सम्मलाई छैठौं महाधिवेशन स्थागन भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।’

प्रकाशित: २० मंसिर २०८० १०:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 13 =