‘जम्प’को गीत ‘फेरि फर्किन्छ’

हिमाल प्रेस १७ मंसिर २०८० १३:१८
18
SHARES
‘जम्प’को गीत ‘फेरि फर्किन्छ’

काठमाडौँ- फिल्म ‘जम्प’को गीत ‘फेरि फर्किन्छ’ सार्वजनिक भएको छ। गीत क्रियटिभ माकुरा नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतमा भाष्कर स्वर र विशाखा चन्दको स्वर छ। गीत  गायक स्वरकै शब्द तथा संगीतमा बनेकाे छ।

गीतको भिडियोमा फिल्मका प्रायः कलाकाराई देख्न सकिन्छ। फिल्ममा विनिता थापा मगर, सरोज श्रेष्ठ, सन्देश शाक्य, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन, प्रवल क‌ँडेललगायत कलाकारको अभिनय छ।

आशुतोष ध्वज कार्कीको डेब्यु निर्देशित फिल्म साइकोलोजी थ्रिलर जनरामा बनेको छ। निर्देशक कार्कीकै लेखन रहेको फिल्म मंसिर २९ मा प्रदर्शन हुनेछ।

कथा प्रोजेक्ट्स इन्डिपेन्डेन्ट स्टुडियो र क्रियटिभ माकुरा मिडिया प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता इशा खड्का हुन्। फिल्म क्रियटिभ माकुरा मिडियाको ब्यानरमा बनेको छ।

यस्ताे छ गीत

 

प्रकाशित: १७ मंसिर २०८० १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eight =