
म र उनी हामी भएको दिन
कसैले घुम्टोबाट चिहाएर
मलाई हेरेको दिन ।
म दौरामा अनि उनी सारीमा
सजिएको दिन मंसिर महिनाको हाम्रो प्रणयको
त्यो दिन ।
सम्झँदा पनि लाज लाग्ने त्यो
छिन
लजाउँदै उनी मेरो छेउमा बसेको त्यो दिन ।
मलाई पनि कताकता
काउकुती लागेको दिन छुट्टै अनि
अर्कै संसारमा
रमाएको त्यो दिन ।
वषौँ बित्दा पनि याद आउँछ
त्यो दिन
म बेहुला अनि उनी बेहुली
भएको त्यो दिन ।
हाल : कागेश्वरी मनोहरा–६ काठमाडौँ
प्रकाशित: १६ मंसिर २०८० ८:१७
प्रतिक्रिया